सम्झौताका सूत्रले गाँजिएका
सम्बन्धको कठघरा विस्तार नगरी नै
विश्वासमा टेको लिएको
पृष्ठवंशहीन सम्बन्धको आड बिना नै
म,
कथित मायावी सम्बन्धको भ्रामक
जालोमा रुमलिएर हैन
जालोबाट पन्छिएर
मायाको आभास दिन चाहन्छु!
तिमी कस्तो सम्बन्धको सुरुवात गर्न खोज्दैछौ?
जहाँ आँखा हैन, शब्द बोलोस्?
जहाँ मन हैन, मस्तिष्क मिलोस्?
जहाँ आस्था हैन, सिद्धान्त मौलाओस्?
जहाँ माया हैन, सम्बन्ध फक्रियोस?
वा, जहाँ आँसु हैन, पसिना साटियोस्?
माफ गर साथी,
ती त मात्र जीवन बाँच्ने बहानाहरु हुन्
ती त मात्र समय कटाउने धरोहरहरु हुन्
म समय कटाउन चाहन्न
जीवन बाँच्न पनि चाहन्न
म त समय बिताउन चाहन्छु
अनि जीवन ज्यून!
म सम्बन्ध हैन, मान्छेलाई माया गर्छु
म लगाव हैन, आस्था खोज्छु
म कटाक्ष हैन, विश्वास माग्छु
मलाई कथित सम्बन्ध टुक्रेपछी बचेको बन्धनको विश्वास लाग्छ
मलाई भिन्न भएपछीको बोलिने शब्दले असर गर्छ
र, मलाई छुट्टै-छुट्टै बाँचेपछी गरिने मायाले खुसी पार्छ।
म प्रेमील अक्षर भन्दा नि, तीखा शब्द रुचाउँछु
मायालु कण्ठभन्दा नि, कटुभाषा रोज्छु
म उत्पादन हैन, उत्पत्तिमा विश्वास गर्छु
गुलियो भन्दा नि तितो मन पराउँछु
किनकी मलाई थाहा छ-
जडीबुटी तितो हुन्छ र औषधी गुलियो!
-आयाम फुयाल
Sunday, December 4, 2016
Monday, October 3, 2016
कुमारी बैंकलाई विनम्र आग्रह
नेपाल सरकारले वितरण गर्दै आइरहेको बृद्धभत्ताको रकम आगामी दिनमा बैंकमार्फत उपलब्ध गराउने भन्ने खबर सुन्दा असाध्यै राम्रो लाग्यो। एक त, सबै बृद्ध/बृद्धाले आफ्नो भत्ता आफूलाई सजिलो हुने समयमा झिक्न सक्ने भए; अर्को आफ्नो भत्ताको हिनामिना हुन पाएन। यसै शिलशिलामा म पनि हजुरआमालाई लिएर थलीस्थित कुमारी बैंकमा हजुरआमाको उक्त खाता खोल्न पुगेँ। जब बैंक भित्र प्रवेश गरेँ, तब ज्यादै दुःख लाग्यो। ६० देखी ८५ वर्षसम्मका आदरणीय बुबा/आमाहरू स्वाँ/स्वाँ गर्दै लाइनमा उभिएको देख्दा ह्रृदय कटक्क काटियो। दिमागमा यही मात्र खेल्यो कि- ८० पुग्नुभएकी हजुरआमालाई अब कहाँ बसाऊँ?! बृद्धभत्ता खाता खोल्न आउनुभएका आदरणीय बृद्ध/बृद्धा बस्नका लागी पर्याप्त मेच/कुर्सीको जिम्मेवारी लिन नसक्ने भए बृद्धभत्ता वितरणको जिम्मेवारी पनि नलिए हुन्छ! खाता खोल्न आउनुभएका उभिन नसक्ने, अशक्त बृद्ध/बृद्धा हुन्; न कि जोसिला कुमार/कुमारी! तसर्थ म आज थलीस्थित कुमारी बैंकमा भेटिएका सम्पूर्ण आदरणीय बुबा/आमाका तर्फबाट देशभरिका कुमारी बैंकका समस्त पदाधिकारीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु कि बृद्धभत्ता खाता खोल्न आउनुभएका सम्पूर्ण बृद्ध/बृद्धाहरूलाई लाइनमा लाग्दा बस्नका निमित्त पर्याप्त मेच/कुर्सीको व्यवस्था गरिदिनुहोला। ती विचरा ६०/७० नाघेका बुढा आमा/बुबा लाइनमा घण्टौँ उभिन बिल्कुलै सक्नुहुन्न। भाडामा मेच/कुर्सी ल्याएर हुन्छ कि किनेरै ल्याएर हुन्छ, ती आदरणीय आमा/बुबाको बस्ने चाँजोपाँजो मिलाउनु बैंकको परम कर्तव्य हो। देशले यत्रो ठूलो जिम्मेवारी सुम्पेको यस प्रतिष्ठित कुमारी बैंकले कार्य जिम्मेवारीका साथसाथै आफ्नो नैतिक जिम्मेवारी पनि बहन गर्नु अत्यावश्यक छ। साथसाथै, आगामी दिनमा बैंकले बृद्धभत्ता उपलब्ध गराउँदा बैंकसम्म आउन नसक्ने सम्पूर्ण बृद्ध/बृद्धाको उहाँहरूले नै तोके बमोजिमको व्यक्तिलाई संरक्षकका रुपमा राखी र संरक्षकको समेत विस्तृत जानकारी राखी सोही संरक्षकलाई नै भत्ता उपलब्ध गराइदिई बृद्ध/बृद्धालाई दुःख नदिन नेपालभित्रका सम्पुर्ण बृद्ध/बृद्धाका तर्फबाट म विनम्र आग्रह गर्दछु।
-आयाम फुयाल
मुल्पानी-८, काठमाडौं
Monday, September 19, 2016
Thursday, June 23, 2016
निकास खोइ त सरकार?
आजभन्दा लगभग एक महिना अघि यस मुलुकका सम्माननीय प्रधानमन्त्री क. के.पी. ओलीज्यूले एउटा भाषणमा 'पुसको १९ गते सम्ममा लामो समयदेखी चल्दै आएको मधेसी आन्दोलन र भारतीय नाकाबन्दीको अन्त्य हुने र महङ्गी र कालोबजारीको चेपुवामा परेका जनताले सर्वसुलभ जीवन बिताउन पाउनेछन्’ भन्ने मिठो आशा देखाउनु भएको थियो। आज माघको १२ गते भयो। आजको मितीसम्ममा न त नेपाली बजारमा महङ्गी नै सेलायो, न त कालो बजारीको नै अन्त्य भयो न त प्रमज्यूले भनेजस्तो नेपाली जनताले सर्वसुलभ जीवन नै व्यतीत गर्न पाए। आखिर कहिलेसम्म मनको लड्डु घिउसित खुवाउनु हुन्छ प्रमज्यू? कहिलेसम्म? न त मधेसी मोर्चाको जायज मागको सम्बोधन नै भएको छ, न त अन्य छिमेकी राष्ट्रसँग इन्धन आपूर्तीकालागी ठोस कदम नै चालिएको छ, न त भारतसँग सुमधुर सम्बन्ध कायम राख्न कुनै सक्षम कुटनीतिक पहल नै गरिएको छ? प्रमज्यूले प्रमचुनाव हुनुअघि आफू सिंहदरबारमा तस्बिर झुन्ड्याउनका लागी मात्रै प्रम नभै यो देश र यहाँका जनताको विकास, उन्नति र सम्बृद्धिका लागि प्रम हुन चाहेको भनी जनतामाझ एक मर्मस्पर्शी र तिलस्मी भावना फ्याँक्नुभएको थियो। तर खोइ त प्रमज्यू, देश त उन्नतिको बाटोमा हैन अवनतिको हाइवेमा दौडिएको पाइन्छ त, विकासको श्रेणी उक्लिन पर्ने ठाउँमा अविकासको लिफ्टमा झरेको देखिन्छ त!? आखिर कहिलेसम्म?सामान्य जनताको घरमा दुई छाक खानका लागि ग्याँस छैन, तर तिनै जनताको पसिनाले निर्मित तपाईँहरुको बसोबास भएको सरकारी क्वार्टरमा त बिहान, दिउसो, बेलुका हरसमय एल.पी.जी. ग्यासमा नै पाकेको खानेकुरा भोजन भएको छ त, सामान्य जनतालाई आफ्नो रोजीरोटीको व्यवस्था गर्न काममा जानलाई आफ्नो सवारीसाधनमा थोप्पो इन्धन छैन, तपाईँहरु चढ्ने आनन्ददायक गाडी त खोइ आजसम्म रोकिएको देखेका छैनौँ त, अझ आफ्ना अगाडिपछाडी सानले साइरेन बजाउँदै ३/४ वटा गाडी लिएर हिँडेको देखिन्छ त, सामान्य जनता ३ दिन अघिदेखि साँझ बिहान खानापिना नभनी पेट्रोलपम्पमा ५ लिटर इन्धनका लागि आफ्ना सवारीसाधन ठेलिरहेका हुन्छन्, खोइ त आजसम्म तपाईँहरु चढ्ने सेता नम्बरप्लेट, राता-निला नम्बर प्लेट कहीँ कतै लाइनमा देखिएका छैनन् त? प्रमज्यू, के तपाईँको कथित कम्यूनिष्ट विचारधाराले यही सिकाउँछ? देशको यत्रो सम्माननीय पदमा रहेको मानिसको कुटनीतिक क्षमता यही हो? मुलुकको सबैभन्दा गरिमामय पदमा रहनुभएको तपाईँमा नेतृत्वशक्ति नामक मानवीय गुण लोप भएकै हो त? तपाईँका विभिन्न भाषण, मन्तव्यहरु सुन्दा त तपाईँको देश विकासको भिजन, तपाईँका नवयुगी वैग्यानिक विकासका परिकल्पना एकदमै नवीन, सर्वोत्तम अनि प्रशंसनीय लाग्छन त, तर खोइ त त्यसको एक प्रतिशत पनि कार्यान्वयन त देखिएको छैन त! आदरणीय प्रमज्यू, त्यसैले अहिलेको समयमा नेपाली जनतालाई त्यही घरमै रहेको ग्यासको सिलिन्डर भरिदिनुस्, पाइपलाइनका कपोलकल्पित कुरा पछी सोचौँला अनि लागू गर्न तम्तयार हौँला। १३ घण्टे लोडसेडिङ्लाई न्युनीकरण गरेर देखाउनुस् अनि बल्ल १० वर्षपछी देश लोड्सेडिङ् मुक्त बनाउँछु भन्ने तपाईँको फोस्रो आडम्बर विश्वासिलो आशा बन्नेछ। महङ्गी र कालोबजारीलाई नियन्त्रणमा लिन सक्षम र कुशल पाइला चाल्नुहोस् अनि बल्ल तपाईँको बोलीको कदर हुनेछ। बोलेर हैन गरेर देखाउनुस् प्रमज्यू, तपाईँले हाम्रो साथ युगौँयुगसम्म पाउनुहुनेछ!
-आयाम फुयाल
सायद
हामी समानान्तर रेखा हौँला,
आवरण एउटै
चालढाल एउटै
हाउभाउ एउटै
फरक छ त केवल
हाम्रो अस्तित्व
हाम्रो गति
अनि हाम्रो सङ्घर्ष!
हाम्ले आफ्नो एउटा लक्ष्य निर्धारण गरेका छौ;
फरक फरक लक्ष्य
अपेक्षारहित झैँ भएनी अपेक्षा राखेका छौँ
सपना पनि साँचेका छौँ
तर,
खै कुन्नि
मन भित्रका नकारात्मक अवयवहरुले
मस्तिष्कमा पिल्सिएका उत्कुण्ठाहरुले
अनि अपेक्षामात्रैले शिथिल आत्माले
यी दुई रेखा रेखा बीचको गुरुत्वाकर्षणलाई खलबलाइदियो
जसले
एक-अर्काका समानतालाई फरक झैँ तुल्याइदियो
एक-अर्काका सिद्धान्तमा द्वेश भरिदियो
अनि एक-अर्काका आस्थालाई अनास्था गराइदियो!
समयको अन्तरालमा भूकम्पले हल्लाएको प्लेट स्थिर भएझैँ
(हामी बीच पनि त भूकम्प नै गएको थियो!)
आज हाम्रा यी दुई रेखा
फेरी उही आकर्षण
उही चालढाल
अनि उही भावभङ्गीमाका साथ
हातमा हात
तालमा ताल मिलाउँदै
स्थिर हुन खोज्दै छ,
निकासको सुत्रमा बाधिँदै छ!
आखिरी गणितीय सिद्धान्तले पनि त समानान्तर रेखा समयको कुनै विन्दुमा गएर मिलाएकै छ
हामी पनि
त्यस्तै
रेखा न हौँ
जसको एकल अस्तित्व त होला
तर एकल जिवन अस्तित्वहीन छ!
बाँच्न त सकिएला तर जिउनु निरर्थक हुनेछ!
त्यसैले, परिवर्तित समयलाई अङ्गाल्दै
सम्झौताका हाँगाहरु फैलाउँदै
विश्वासका मुनाहरु फुलाउँदै
एक-अर्काका आशाहरु आत्मसात् गर्दै
अबका चित्रहरु सजीव, सार्थक अनि सम्बृद्ध कोरौँ
समयको अन्तरालमा यी चित्रहरु आनन्दका स्रोत बन्नेछन्!
-आयाम
Wednesday, June 22, 2016
BEYOND THE PARAMETER
It’s only the memoir of the day when I was entirely puzzled by my apprentices... It’s only a part with my life that imprinted me…
THE MEMOIR BEGINS:
THE MEMOIR BEGINS:
I was encountered by those unique faces. I was being colloid with those sole faces. I was really bewildered. “Phuyal Sir, This is your task," said the senior level responsible. I was pleased. I was pleased with the joining letter ‘SIR’, before my name. I was really proud. He showed my task and went somewhere. I went there to teach. I had my own problem to be as a teacher. My father can’t earn the money that is required for my study of master’s level. He was a retired officer. So, I myself had to earn for my livelihood, plus I had to manage certain money for my study. I was also not a child instead I was adult. I should as well learn to be independent rather surviving in parents’ salary. When I entered the class, I was appreciated by those new faces somehow like “Good Morning Sir. . . ” When my step reaches in the middle of the room, I was really, puzzled by those different faces. After few minutes, English Departments’ head asked me for permission for allowing him to be inside. Before some years, I used to ask for my teachers for coming inside classroom; however, today I was asked. This again elated me. I allowed him, and he went to the last workbench of the class. I was known that he was there for checking my teaching pattern. He asked me for teaching something to the students…I taught the students about ‘Subject Verb Concord’ because I was a bit known to this chapter. I was teaching them with no edginess. However, I was edgy on the meantime. My anxiety reached its top when the invigilator who sat on the last bench left the class in the middle of the running class. I thought he was dissatisfied by my teaching. I was worried. When the invigilator ran out of the class, students start to clamor. They began to make noise. They started laughing. They started cracking jokes. My mind couldn't draw concentration for teaching. I had the impression that they were mocking at me; they were snickering at me. In the middle of the class one student raised the hand and asked for the permission to ask a question. I gave the permission. He said, “Can you please give the exception that doesn't agree “Subject-Verb agreement." Now, I got bewildered. Let’s say I was in great soliloquy. I was in a dilemma that what I should answer to him?? Thank God! The bell resonated. I made him to wait for the next day. He sat down. I moved away from the class.
On the way to office room, I felt myself that teaching isn't an easiest task rather it is the more difficult task than other because one should tackle with many curiosities of many curious faces. We should be talent enough to teach. We should be able to answer the questions from the students on the mean-time except in some cases. When I reached office room, I was told that I had been called by senior level in charge, which again made me uneasy. I thought that they had noticed my confusion, uneasiness and awkwardness on the class-room. I went to his room, but the things get altered. He greeted me with big CONGRATULATIONS! I was shocked. I was really stunned. My happiness changes into the tears and the nervousness fled away. My happiness knew no bounds. Then I promised to myself that I should do something for this job. I have to leave some decent footprints on this school. Then I began my teaching career. After a few days, I went to the identical class where I started my first class on the primary day of teaching. They respected me as alike they did on initial day. Now, I already became familiar to them in some extent. I asked them how I was looked on the first day. How was my impression on that day? They answered me on this way: Some aforementioned, “We thought that you couldn't teach well.” Some expressed" How can this scoundrel teach us?” I raised the question to them “Why?” They answered me” Because of your nervousness, your red face and so on...” Then I was known how much a person tries to express something with no nervousness, though he was full of nervousness internally; he cannot! I was the perfect example for this. However, the things got dire change. Now, I teach them in a nice way. I use to teach them with my full devotion. Though I was thought incapable earlier, I turned out to be a capable one. I was unsuited in their hierarchy. I was unsuitable on their parameter for ranking an individual. I was beyond their parameter…From this memoir; I just want to say that no one should be graded upon the basis of their face and facial expressions. No one should be ranked with their red face due to extreme nervousness. On the first day, the teacher is being frightened inside himself because he doesn't want to criticize of his teaching from others. He doesn't have much experience of teaching. He is not familiar with many questions, so that they cannot tackle it easily. No teacher should be encountered with many stupid questions on the first day after the class because he is nervous with all the new faces, and he became to confuse. However, I am not saying that the question which was raised to me was stupid, it was reliable instead. The question shouldn't be asked for asking question only, but it should ask instead to solve any query. So, we should co-operate with new teachers, try to make cordial relation with them and make kindly environment for teaching and learning!!
- Aayam Phuyal
अनुत्तरित प्रश्न
"कामवासना भनेको के हो?", एउटा विद्यार्थीले मास्टरलाई प्रश्न गर्यो। मास्टरको ओठमा जवाफ त आयो तर विद्यार्थीको कलिलो अनुहार देखेर उसले 'कामवासना' को उत्तर दिन सकेन। ऊ विवस थियो। उसले कसरी बुझाओस त्यो ५ कक्षाको कलिलो विद्यार्थीलाई 'कामवासना' को अर्थ। वास्तवमै, गुरु दोसाधँमा परेका थिए। एकातिर त्यो बच्चाको कलिलो उमेर अर्कातिर उसको छिप्पेको प्रश्न। 'नखाउ भने दिनभरिको शिकार; खाउ भने कान्छा बाउको अनुहार' भने जस्तै भयो उसलाई। उत्तर दिउ भने के भनेर दिऊँ, उत्तर नदिऊँ भने कसरि नदिऊँ। ऊ बढो माखेसाङ्लोमा पर्यो।
विद्यार्थीको प्रश्न सुनेर उस्को अनुहार रातो भयो। यहाँसम्म उसको होस हरायो कि उसले विद्यार्थीलाई ५ मिनेटसम्म 'बस' भन्न सकेन। ओठ निचोरे दुध आउला जस्तो बालकको यस्तो योनमनोविज्ञानको प्रश्नको जवाफ दिने उसले तरिका नै भेटेन। धन्न! घण्टी बज्यो त्यही समयमा। उसलाई त ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भयो। उसले विद्यार्थीलाई तिम्रो प्रश्नको उत्तर भोलि दिउला भनेर मलिनो मुख लगाएर कक्षाबाट बाहिरियो।
ऊ अफिसकोठा पुग्नेबेलासम्म उस्को मनमा यति धेरै विचारका धाराप्रवाह भयो कि कुरै नगरौँ । उसले विभिन्न खालका सम्भाविय र असम्भाविय कुराहरु मनमा खेलायो। विद्यार्थीले के सोच्यो होला, 'यति जाबो एउटा शब्दको अर्थ दिन पनि सकेन, कस्तो मास्टर हो त्यो?' भन्ने विद्यार्थीको मस्तिष्कमा खेलेको विचारसम्म कल्पना गर्यो। तर त्यो विद्यार्थीलाई के थाहा उस्को प्रश्नको जवाफ बुझ्न उसलाई अझ कति वर्ष लाग्दछ?
ऊ अफिसकोठमा निन्याउरो अनुहार लिएर पस्यो र १०४ डिग्री ज्वरोले सताएको जस्तो गरि मेचमा गाह्रो गरि बस्यो। उसको त्यतिबेलाको समय Leisure Period थियो। उसको मनमा विभिन्न तवरका कुराले ठाउ ओगट्यो। ऊ निकै भावविह्वल भयो। उसले अब त्यो कक्षामा फेरि गएर के भन्ने, त्यो विद्यार्थीलाई 'कामवासना' को बारेमा सबै कुरा भन्दिने कि; त्यो विद्यार्थीको सवाल गलत छ भनेर प्रष्ट्याउने। ऊ 'कामवासना' को बारेमा विद्यार्थीलाई बुझाउँदा त्यो भन्दा अघि आउने थप शब्दहरुको अर्थ कसरी बुझाउने भन्ने सोच्न थाल्यो; या त, त्यो शब्द गलत हो भनेर भन्दा विद्यार्थीले त्यो शब्द कुनै पत्र व पुस्तकम लेखिएको देखायो भने के जवाफ् दिने ? या त, आफैँलाई 'थाहाछैन' उत्तर भनेर आफ्नो स्तर घटाउने? वास्तवमै, त्यो गुरु एकदमै दोधारमा पर्यो, ऊ निकै ठुलो समस्याले घेरियो। ऊसले निकै टाढासम्मको कुरा सोच्यो।
त्यो विद्यार्थीलाई मैले ऊत्तर बुझाऊन नसकेको खण्डमा त्यो विद्यार्थीले 'Headmaster' लाई गएर मैले उत्तर नदिएको कुरा भन्यो भने मैले 'Headmaster' लाई के जवाफ दिने? एक मनले त झोक्किएर 'तपाईँ आफैँ उत्तर के हो बताइदिनुहोस न त सर' भन्दिन्छु जस्तो पनि लाग्यो। फेरि 'नुनको सोझो' नि त गर्नुपर्यो, त्यसमाथि पनि मसँग कहाँ छ र तेत्रो आँट 'Headmaster' ससँग त्यसरी बोल्न। फेरि उसको त्यो बिद्यार्थिलाई उत्तर दिनु त उसको कर्तव्य नै हो नि; ऊ अकर्मण्य बन्नु पनि त भएन नि। यस्तै विभिन्न खालका सम्भाविय र असम्भाविय कुराहरु मनमा खेलाउँदा खेलाउँदै 'Leisure Period' को घण्टी बज्यो।
ऊ अब अर्को कक्षामा जान पनि अनकनायो, कतै फेरि त्यस्तै प्रश्न त आउने हैन? ऊ एकदमै हीनभावनाले भरिएर अर्को कक्षातर्फको बाटो समायो, उही भयभित र निन्याउरो अनुहार लिएर...
-आयाम
आवाज
“ल म गएँ है त, तिमी नि राम्रो सँग जाऊ । ब–बाई!! टेक केयर” यति भन्दै मैले सिद्धार्थलाई हात हल्लाउँदै मुस्कुराएँ। उसले बाइक घुमायो र मलाई नि हात हल्लाउदै ‘बाई’ गर्यो । म सरासर घरतिर लागेँ । मैले उसलाई चोकमा झारिदिन भनेको थिएँ जहॉबाट मेरो घर यस्तै केही ५० मि. भित्र थियो । बाटोमा खासै उज्यालो थिएन । म मेरो फोनको लाइटको उज्यालोले हिँडिरहेथेँ । मनमा अलिअलि डर पनि थियो । मनमा लाग्यो घरसम्मै छोड्देउ भन्नुपर्ने रै’छ बरु; तर फेरी त्यो केटाको स्पष्टीकरण पनि त निकै राम्रो दिनुपर्थ्यो । ड्याडी, मामु, दाई सबैलाई कहिलेकाहीँ त छिमेकीलाई पनि। थुक्क जिन्दगी! सहयोग लिँदा नि गाह्रो, नलिँदा नि गाह्रो । जसोतसो घर पुगेँ।
डोरबेल बजाएँ। गायत्री मन्त्र बज्यो । त्यसकै तालमा गुनगुनाएँ । अनि सोचेँ, दाईको व्रतबन्ध गर्दा म छोरी मान्छे भएर यो मन्त्र सुन्दापनि पाप लाग्छ भन्नु हुन्थ्यो मामुले । अहिले त यो डोरबेलमा झन् केटीले नै गाइरहिछे त। यसलाई चाहीँ लाग्दो रैन्छ पाप? मनमनै हाँस उठ्यो । कहिले उँभो लाग्ला खै यो समाज?
“कति ढिला गर्नुभा’ नानी हजुरले, माथि हजुरको ड्याडी रिसाएर खानै नखाई बस्नुभ’को छ” ढोका खोल्दै धनमान काकाले मेरो सातो उडाउने कोसिस गरे ।
“अब के गर्नु त, ‘प्र्याक्टिकल’को लागी पक्नाजोल लग्या थियो, आउँदा आउँदै अबेर भयो काका” हॉस्दै काकालाई भनेँ । काका ढोका बन्द गर्न लाग्नुभयो ।
म बिस्तारै माथि रुममा गएँ। लुगा फेरे अनि ‘हुड्डी’ र ‘ट्रयाक’ लगाएर टि.भी कोठामा गएँ । ड्याडी समाचार हेरिरहनु भाथ्यो ।
“ओहो! सवारी भयो ‘साइबा’को, काँ गइस्या नि हजुर? उतै बस्या भए भै हाल्थ्यो नि?” ड्याडीले मलाई हेर्दै नहेरी आफ्नो रिस शब्द शब्दमा पोख्नु भयो ।
बरु एक चड्कन हान्या भए यति दुख्दैनथ्यो होला, तर शब्दले हानेपछि नराम्रोसँग दुख्दो रहेछ । मेरो मन त रोइसकेको थियो, ऑखामा चैँ आफूलाई कमजोर देखाउने प्रयास गरीनँ ।
“अब कलेजले लग्या त हो, के गर्नु त अनि...” म बोल्दै थिएँ; मामुले साइड्बाट, “ल, ल भयो भोलिदेखि छिटो आउनु तँ, हजुर पनि नकराउनु अब, खाना खान हिँड्नु बरु, आइजो तँ पनि” भनेर झगडा टुङ्ग्याईदिनु भयो ।
ड्याडी फेरी मुरमुरीन थाल्नु भयो, “टाउकोमै टेकान छोरीलाई, पछी देख्लीस्” भन्दै तल भान्सातिर जानुभयो । मामु पछी पछी केहि प्रतिकार नगरी जानुभयो । आखिर किन?
मामु किन ड्याडीसँग प्रतिकार गर्नुहुन्न; शब्द नभएर? बोल्न नसकेर? अहँ, ‘बि.एल.’ गरेको मान्छे बोल्न नसक्ने त कुरै थिएन । त्यसो भए के छोरी मान्छे भएर? कस्तो समाज हो यो, जहॉ पुरुष भए भन्दैमा हरेक कुरा उसैले मात्र जान्ने हुन्छ? हरेक कुरामा उसैको हैकम चल्छ? म भित्रभित्रै जलिसकेको थिए रिसले । तर अहँ बाहिर पोख्न चाहेर पनि सक्दिनथे । खै ऑट नै आउदैनथ्यो जति गरेपनि!
टि.भी. को रिमोट हातमा लिएँ र च्यानल चेन्ज गर्दै गएँ । अचानक ए.भी. न्यूजमा गएर रोकिएँ र फ्ल्यास न्युज पढेँ । ‘काठमाण्डौँ स्थित समयनगरमा एक १६वर्षीय किशोरी आफ्नै हजुरबुबाबाट विगत छ महिनादेखी बलात्कार हुँदै आएको पुष्टी भएको छ।’ मेरो रिसले पराकाष्ठा नाघ्यो। लाग्यो, यस्तैलाई हो डोरीमा झुन्ड्याउनु पर्ने , तर के गर्नु घाँस खान गाह्राले मान्छे बनेकाले देश चलाएपछी । लाचार सरकारप्रति पनि रिस पोखियो ।
“ओइ नानी, खाना खान आइजो भन्या सुनिनस्” तलबाट रिसले भरिएको आवाज आयो । टि. भी. बन्द गरेँ र तल ओर्लिएँ खान । ड्याडीले खाएको भाँडा उठाउँदै हुनुहुन्थ्यो मामु। ‘आफूले खा’को जुठो थाल त आफै माझ्नु नि, अरु भाँडा नमाझे पनि’, दिमागले रिसाउदै सोच्यो, तर बोल्ने आँट कसको?
“ओइ, तातो पानी ल्याइदे त एक गिलास।” माथिबाट आवाज आयो।
अहिले त मामुलाई पनि रिस उठेछ कि क्या हो- ‘आफूलाई यहाँ सत्रवटा कामले बितेको छ, पानी ल्याइदे रे, त्यहाँमाथि भर्खर यहीँबाट गएको मान्छे, दु:ख दिने पनि एउटा सिमा हुन्छ नि।’ तर मलाई थाहा छ ड्याडीले मात्र “ल, ल एकछिन पर्खिनु” मात्र सुन्नुभयो, बाँकी सबै बोलेको त मैले र धनमान काकाले मात्र सुनेका थियौँ ।
“नानी, खाना पस्केर खाँदै गर् है, म यत्ति पानी पुराएर आएर तँलाई कलेजो कलेजो छान्दिउला” मामु यति भन्दै फिल्टरतिर जानुभयो। मैले प्लेटमा अलिकति खाना पस्किएँ र अचार लिन भान्सामा छिरेँ । ‘यी बुढीले पनि कहिल्यै सुख पाउनी भैनन’, मनमनै लाग्यो । खाना खाएँ र ब्रस गरीवरी माथि टि. भी. रुममै गएँ ।
ड्याडी उही १० बजेको समाचार हेर्दै हुनुहुन्थ्यो। “काठमाण्डौँमा आङ् सान सुची आएपछी चैँ यी नेताको घैँटोमा घाम लाग्छ कि, बडा सङ्घर्षशील नारी हुन् यिनी, यस्ता पो नारी त” ड्याडी न्युज हेर्दै आफैँ बोल्दै हुनुहुन्थ्यो। सुची नेपाल भ्रमणका लागी आएको दुई दिन भएको थियो क्यार। अब चाहीँ साँच्चैको रिस उठ्यो। आफ्नी छोरी चाहिँ अलिकति अबेर घर आई भने खाउँला जसरी हेर्ने, अनि त्यही मुखले फेरी अहिले चैँ एउटी छोरीको व्याख्या गर्दै थिए। लाज पनि छैन। सुचीको बाउले पनि उसलाई यस्तै बन्धनमा राखेको भए आज यो स्थानमा उनी आउने थिइनन् भन्ने कुरा यो बुढाको घैँटोमा कैले उदाउला? दिमागमा यस्तै किसिमको सोचले ठाउँ ओगट्यो तर मुखले आफ्नो कर्तव्यबाट वञ्चित हुनुपऱ्यो।
डोरबेल फेरी बज्यो। यो पाली चैँ भजन बज्यो।
“कति ढिला आ’को नि तँ?” मामुको आवाज माथि सम्मै प्रष्ट सुनियो ।
“ह्या… मामु भन्दै” दाइले ‘किन-कराको-होला’को भावले बोल्यो । मामुले ढोका लक गरेको आवाज सुनियो।
“खै, अलि पर सर्।” दाइले छेउमै आएर करायो।
“तँ उता बस्न।” म पनि किन छोड्थेँ।
“यो मेरो ठाउँ हो, तँ उता जा है” दाई रिसाउँदै करायो ।
“नाम लेख्या छ तेरो याँ’?” म झोक्किएँ ।
“उता सर्दे न त, सर्दे भनेपछि” ड्याडीलाई बीचमा बोली हाल्नुपर्यो।
म हारेँ।
दाइले खुच्चिङ्को भावले म तिर हेर्यो । म भित्र आगो सल्किसकेको थियो ।
“ड्याडी छ-सात हजार जति चाहिएको थियो । साथीहरु तीन दिनकोलागी बन्दीपुर जाने रे” दाइले औँला पड्काउदै बोल्यो ।
“ल, ल भोलि दिउँला नि त, तर राम्रोसँग जानु नि” ड्याडीले च्यानल चेन्ज गर्दै उत्तर दिनुभयो ।
अब सल्केको रिसले डढेँलोको रुप लियो । म चैँ राती अबेर भएर कुनै साथीकोमा बस्छु भन्दा चैँ “अहँ, अर्काको घरमा बस्नुपर्दैन” भन्ने, दाइले चैँ साथीहरुसँग तीन दिन सम्म घुम्न जॉदा नि हुने? मेरो रिसले सीमा नाघ्यो। आखिर किन? म चैँ छोरी मान्छे भएर हरेक कुरामा पछाडी नै छोडिनपर्ने, हरेक कुरामा वञ्चित गरिनपर्ने?! के मेरो आफ्नो स्वतन्त्रता भन्ने कुरा सधैँ पिँजडा भित्रै रहन्छ? अहिले बाउले स्वतन्त्रतामा भोटे ताल्चा ठोकेको छ, भोलि बुढोले । के सबै छोरी मान्छेहरु यसरी नै अर्काको कठघरामा रहेर बॉच्नुपर्ने? के हामी आधा संसारको अर्को आधा संसारबिना अस्त्तित्व नै छैन? के छोरी मान्छेको स्वतन्त्र जीवन बॉच्ने कुनै हक नै छैन? यसरी आक्रोशले भरिएको प्रश्नको चाङ लाग्यो तर अहँ न कसैलाई सोधेँ न कसैले आफैँ बुझेरै उत्तर नै दिए। मलाई त्यहॉ बस्नै मन लागेन र उठेर रुममा गएँ अनि नाइट सुट लगाएर ओछ्यानमा पल्टिएँ। यस्तै थुप्रै कुराहरु दिमागमा खेल्दाखेल्दै भुसुक्क निदाइएछ ।
एकाबिहानै ‘नोकिया ट्यून’ले निद्रा खराब गर्दियो । मैले निद्राको तालमै फोन उठाएँ ।
“अँ भन।”
ऊ भन्दै गयो, “ओइ ‘प्र्याक्टिकल’ छ रे, ६:३० मा हिजोकै कलेज पुग्नु पर्छ, तिमी छिटो फ्रेश भएर चोकमा आऊ, म त्यही आउँछु लिन।”
अलि अलि बॉकी रहेको निद्रालेपनि कुलेलाम ठोक्यो । यसो घडी हेरेको ५:५० भैसकेछ। ‘कस्तो दिनमा पढिएछ भने नि यो एम.बी.बी.एस. भन्नि कुरो’ मनमनै सोचेँ। जुरुक्क उठेर कलेज ड्रेस लगाएँ र ब्रस गर्न बाथरुम छिरेँ । कपाल बान्दै तल ओर्लिएँ ।
“मामु ६:३० मा पक्नाजोल पुग्नु छ, म गए है, खाना उतै खान्छु। ड्याडीलाई प्र्याक्टिकल रेछ त्यही भएर गई भन्दिनु है।” म यति भन्दै बाहिर निस्किए।
चोकमा ऊ पर्खिरहेको थियो । यो पुसको चिसो सिरेठोमा बाइकमा जानु भनेको नाङ्गै सगरमाथा चढ्नु जस्तै लागीरह्यो तर के गर्नु कुनै अर्को विकल्प पनि त थिएन ।
कलेज पुग्दा सुरु भैसकेको रै’छ ‘पोष्ट मार्टम’ सम्बन्धी ‘प्र्याक्टिकल’ । दिउँसोभरी, खाना र खाजा खा’को समय बाहेक पुरै समय केस स्टडीमै बित्यो । राती पाँच बजेतिर बल्ल सकियो। जाडोको महिना, रात पर्न त बेर् नै लागेन। एकछिन त कलेजसँग नि रिस उठ्यो, ढिलो गरिदिने पनि सिमा हुन्छ नि!
“ओइ जाऔँ अब” ऊ बाइक लिएर छेवैमा आइपुग्यो ।
“आज घरसम्मै छोड्देउ है” मैले जेसुकै होस् सोचेर भने, आखिरिमा अँध्यारो पनि त निकै भइसकेको थियो । उसले घरअगाडि लगेर छोड्दियो र हिजोको जस्तै “बाई बाई” गर्दै भाग्यो । आज चैँ उसलाई ऑखाले भ्याउन्जेल हेरिनँ । सरासर भित्र पसे ।
धनमान काकाले ढोका उघारिदिनु भयो । म "मामु" भन्दै किचेन तिर छिरेँ। मामु खाना पस्किदिन तल ओर्लिनुभयो । खाना पस्किदै गर्दा मैले सोधेँ, “ड्याडी खोइ त?”
मामुले “कौसीमा” भन्दै छोटो उत्तर दिनु भयो र केही बोल्दै नबोली फेरी माथी नै जानुभयो।
मेरो मनले ढ्याङ्ग्रो ठोक्यो । “कतै देख्नु त भएन ड्याडीले?”
फेरी सोचेँ, देखे के त साथी त हो सिद्धार्थ मेरो । खाइसकेपछी ब्रस गरेर सरासर टि.भी. कोठामा गएँ र यत्तिकै सोफामा बसिरहेँ । ड्याडी पनि त्यहीँ हुनुहुँदो रै’छ । केही पनि भन्नुभएन । मलाई अब चै डर लाग्न थाल्यो । अब धुनचक्र गर्ने भएजस्तो लाग्यो ।
“ड्याडी पैसा। ड्याडी दुई हजार जति थपिदिनु न है, नपुग्ला जस्तै भयो”, दाइ यति भन्दै भित्र छिर्यो ।
दाईले मेरो वास्तै गरेन । ड्याडीले पैसा दिदैँ “ल राम्रोसँग जानु” भन्नुभयो । अब चैँ मलाई पुरापुर शंका लाइसकेको थियो कि केही न केही गडबड छ भनेर ।
“ल म गएँ अहिले, तँ सँग त म फर्केपछि कुरा गरौँला” भन्दै दाइले मलाई झनै अप्ठ्यारो पारिदियो ।
अब चैं मेरो मनमा पक्का पक्की भैसकेको थियो कि पक्कै पनि मलाई देखे यिनका बाउछोराले साथीसँग आ’को । हरे, कस्तो भाग्य रै’छ भने मेरो । बाह्र वर्षा’ पोइ घर आ’को, कुन्नि कस्लाई जरो आ’को भन्या जस्तै भयो । आजै ऊ पहिलोचोटी घरसम्मै पुर्याउन आ’को, आजै देख्न पर्ने यिनीहरुले जस्तो पनि लाग्यो । ‘त्यति हिँडेर आ’को भएपनि त हुन्थ्यो नि म’ भन्ने आत्मग्लानिले पनि सताइरह्यो।
मामु पनि तलबाट आउनुभयो र कोठामा पानी लान भनेर ल्याएको तामाको अङ्खोरा सोफा छेउको टेबलमा राख्नुभयो। ‘ग्लिसिरीन’को बट्टा सोफा मुनिबाट निकालेर खुट्टामा ‘ग्लिसिरीन’ दल्न थाल्नुभयो।
यत्तिकैमा ड्याडी एकचोटी बाथरुम गएर आउनुभयो र म छेउ उभिँदै सोध्नुभयो, “को हो त्यो केटा?” ड्याडीको अनुहारमा रिसले आफ्नो हैकम जमाइसकेको थियो ।
“साथी हो”, मैले आँखा झुकाएर बोलेँ र फेरी भनेँ, “अति राती भैसकेको थियो, अनि त्यही भएर यहीँसम्म पुर्याइदेउ भनेको मैले ।”
“म आउँथे नि लिन, किन दुनियॉका छोरालाई पुर्याइदिन भन्नुपर्यो?” ड्याडीले फेरी अर्को प्रश्न गर्नुभयो ।
“हैन, अब किन दु:ख दिनु भनेर नि ड्याडी।” मैले नम्र हुँदै भने ।
“ए भनेपछि हजुरले हामीलाई दु:ख दिन नखोजिबक्सिएको?” यति त नरम नै भएर भनेको भान हुन्थ्यो तर यसपछि झडङ्ग हुँदै कराउनुभयो, “तँलाई था’छैन हाम्रो खानदानमा यस्तो सब चल्दैन भनेर, हाम्रो इज्जत छैन यहाँ । माटोमा मिलाउन खोज्ने त मेरो इज्जत दुनियाँ केटालाई पुर्याउन ल्याएर? के भनेर मुख देखाउने हामीले भोलि छरछिमेकमा कसैले देख्या रेछ भने? को हो त्यो केटा भनेर सोधे भने मैले के 'साथी रे छोरिको' भन्ने?”
“ड्याडी ऊ मेरो साथी मात्र त हो । त्यहाँमाथि यती राती म कसरी आउँथे भन्नु त आफैँ । बरु उसले सही सलामत घर ल्याइदियो, झन् धन्यवाद भन्नुपर्छ हजुरले उसलाई ।” मलाई था'छैन म कुन आँटले धन्यवाद को कुरा गरिरहेथेँ।
“तँ सिकाउँछेस् अब मलाई कस्लाई के भन्नुपर्छ” भन्दै ड्याडीको हातले पनि मेरो गालालाई धरातल बनाएर बोल्यो- ‘चड्याङ…!'
मामुले हातको ‘ग्लिसिरीन’को चिल्लोको पर्वाह नगरी नै ड्याडीको पाखुरालाई आफूतिर तान्नुभयो र “के गर्या हजुरले, बौलौन त लाग्नुभएन हजुर, उमेर पुगेकी छोरीलाई हात हाल्छन् यसरी?” भन्दै ड्याडीलाई सम्हाल्न खोज्नु भयो ।
ड्याडी ममीलाई उल्टै हपार्न थाल्नुभयो र “अझ मैले धन्यवाद दिनुपर्ने रे” भन्दै मलाई फेरी अर्को चड्कन लगाउने दुस्साहस गर्न लाग्नुभयो ।
‘ड्याङ्…!’
‘मारी नि कुलङ्गारनीले’ भन्दै ड्याडी आफ्नो हातले पुर्पुरो थिच्न थाल्नुभयो र मामुले रुँदै ड्याडीलाई समात्नुभयो । मेरो हातको तामाको अङ्खोरा भुइँमा खस्यो र आधी बचेको पानी पनि छताछुल्ल भयो । तलबाट धनमान काका पनि कुदेर आए जस्तो लाग्छ । म अर्ध बेहोस जस्ती भएँ र भुइँमा थुचुक्कै बसेँ।
- आयाम फुयाल

कपाल: एक चर्चा परिचर्चा
कपाल: एक चर्चा परिचर्चा
"के गरेर काट्या यो कपाल? न पछाडि काट्या छ, न अगाडि छोट्या’को छ। भोलि मिलाएर आउने त्या', नत्र घरतिर बसे हुन्छ", असेम्ब्ली सकेर क्लास तिर जादैँ थिए; डि. आई. को यो कठोर र रुड आवाज कानमा ठोक्कियो। एकमन त गएर; 'सर, यो कपालले तपाईँको के बिगार्दियो, खाली के कपाल काट्, कपाल काट् भनिरा’, काटेकै त छु नि जटाधारी बाबा जस्तो बन्या' त छैन नि, अलिक अगाडि पछडि राख्न मन लाग्छ त राख्न नपाई?', भन्दिउ जस्तो लाग्या थियो। तर अहँ, "हुन्छ सर!" बाहेक न त मुखबाट केही निस्क्यो, न त आँखा नै ठडियो। विचरा, आँट त्यति साह्रो कहाँ छिप्पिसक्या हुनु। म क्लासतर्फ सरासर अघि बढे।
"मे आइ कम इन सर?” ढोकाको क्यार् आवाजको ध्वनि चिर्दै भने।
"कहाँ ग'को हिरो तिमी?” सरको आवाजमा नम्रता थियो।
"सर, त्या' डि. आई. सरले बोलाउनुभा'थ्यो।"
"किन नि?”
सरको यस प्रश्नको जवाफ दिन गाह्रो भयो। त्यहीपनि भनेँ, "कपाल काट् भन्नलाई बोलाउनुभ'को, सर!"
सरको अनुहारमा व्यङ्ग्यात्मक र करुण हाँसो एकसाथ दौडियो र आवाज निस्क्यो, "ल, ल भित्र आउ"। सर एक-दुई मिनेट यत्तिकै केही सोचे झैँ अलमल्लिरहनु भयो र अन्त्यमा आवाज फुट्यो, “आज एउटा सानो कुरा गरौ है त, अरु सेक्सन भन्दा अलि अगाडि नै छौ कोर्समा पनि हामी।" विद्यार्थी न परियो ठुलो तालीका साथ सरको कुरालाई सम्बोधन गरियो!
“ल, ल ठिक छ, एउटा कथा भन्छु अनि त्यसको अलि चर्चा परिचर्चा गरौँला।
‘के हो तँ, तलाई कपाल काट्नु पर्दैन, दादागिरी देखाउन आ'को त या'? भोलि, कि कपाल काटेर आउनी कि ड्याडीलाई लिएर आउनी", अफिस कोठामा छिर्न लागेको एउटा शिक्षकले आफ्नो स्कुलको डि. आई. को उक्त आवाज सुन्यो। व्यङ्ग्यात्मक मुस्कानका साथ उसले अन्दाज लगायो कि फेरी कुनै विद्यार्थीले गाली खायो, नमज्जाले! शिक्षक सरासर अफिस कोठामा छिर्यो। अनि भित्त्तामा देख्यो एउटा तस्वीर जसमा आइन्स्टाइनको जिङ्ग्रीङ्ग कपाल प्रस्टै देखिन्थ्यो। र साथै आइन्स्टाइनको एउटा हातले आफ्नो दिमागमा पोइन्ट गरिराखेको थियो। शिक्षक कसैले थाहानपाउने गरी मुस्कुरायो।'
कथा सकियो।"
सरले भन्नुभयो, "कथा त बुझियो होला पक्कै पनि। म आज तिमीहरुलाई यस्तै कुरा भन्छु केही। एउट स्टुडेन्टको मुख्य गहनालाई अनुशासन भनेर चिनिन्छ। त्यही अनुशासनको कुनै पोइन्ट्मा लेखिएको होला या नहोला (मैले अहिलेसम्म पाएको छैन लिखित अनुशासनका पोइन्टहरु), कपाल काट्नुपर्छ या यस्तै केही! मलाई वास्तवमै अचम्म लाग्छ, कपालमा कुन किसिमको अनुशासन लुकेको हुदो रै'छ?! खै, कपाल पालेपछी विद्यार्थी नपढ्नी हुँदो रै’छन कि अथवा कपाल लामो भएमा विद्यार्थीको बौद्धिक क्षमता घट्दो रै’छ कि!? त्यसो हुँदो हो त, हेलेन केलर भनेर आज संसारले चिन्दैनथ्यो होला, पारिजातको 'शिरिषको फूल" पनि यत्तिकै झरिजान्थ्यो होला।"
“कपालले गर्दा विद्यार्थीको अनुशासन भङ्ग हुन्छ रे। एउटा विद्यार्थी अननुशासित हुन्छ रे! खै, के भन्नु अचम्म लाग्छ, तिनै लामो कपालको विरोधिहरु जीवनको कुनै मोडमा विद्यार्थीलाई बुद्ध जस्तो बन्नुपर्छ भनिरहेका हुन्छन। अब यसो सोचौँ त हरेक तस्वीरमा बुद्धको कपाल कति लामो देखाइएको हुन्छ? अब के बुद्ध पनि अननुशासित?! बुद्ध मात्रै किन प्राय: सबै देवीदेवताको कपाल लामो नै देखाइएको हुन्छ तस्वीरहरुमा; अब के सारा देवीदेवता अननुशासित त? सायद, यसको जवाफ 'बढी बाठो हुन्छस् त?!’ नै पाइन्छ होला।"
"सर, रुल हो नि त स्कूलको, फलो गर्नुपरिहाल्छ नि”, सम्बृद्धले आँट गर्यो एकछिनको सरको निरन्तर बोलाईको धाराप्रवाहलाई रोक्न! सरले सम्बृद्धलाई मात्र मुस्कान दिनुभयो र "बस" भन्नुभयो। सर ४५ सेकेन्ड जति घोरिनु भयो अनि शब्द निस्क्यो मुखबाट नम्रतापूर्वक, "सम्बृद्ध, मान्छेकालागि रूल बन्या कि रूलका लागि मान्छे?" शान्ति…
सम्बृद्धको रातोपिरो भयो अनुहार!
"एक हिसाबले तिम्रो कुरा नि ठीकै हो। तर यहाँ हेर त, मेरो कपाल नि लामो छ, मेरो साइडलक नि चुच्चै छ; तर तिमी त मैसँग पढिरहेका छौ त फेरी!?" फेरी शान्ति…
"कुरा के भन्दाखेरी बाबु, अलिकति कुरालाई मोडौँ। अमेरिका, फ्रान्सजस्ता मुलुक बाट सुरु भयो टाई लगाएर पढ्न जाने प्रवृत्ति। तर आज उनीहरु बिना टाई विद्यालय जान्छन् र हामी सास नै अड्किने गरी टाई कसेर। कतिलाई त निकै नै उकुसमुकुस भएको हुन्छ। निकालेर फाल्दिउ जस्तै लाग्छ, तर सक्दैन। त्यसैले, मान्छे वा कुनैपनि संघ, संस्था समयानुसार चल्न सक्नुपर्छ। उनीहरुको देशमा अहिले विद्यार्थीले टाई लगाउन छाडे यसको मतलव यो हो त: के तिनीहरु अननुशासित भए? के तिनीहरुको बौद्धिक् क्षमता घट्यो? अवश्य छैन नि, उनीहरुलाई टाई लगाउँदा अप्ठेरो महसुस भयो, लगाएनन्; कतिलाई सजिलो हुन्छ लगाउछन अझै पनि। कपाल पनि टाई जस्तै एउटा बिम्ब न हो। त्यसैले, सम्बृद्ध रूल, रूल भन्नुभन्दा पनि यो आफ्नो लागि कत्तिको उपयुक्त हुन्छ, कतिको यसले आफूलाई कम्फरटेबल गराउँछ भन्ने कुराको ध्यान राख्नुपर्छ जसकारण आफ्नो एकाग्रता (पढाइपट्टिको होस् या अन्य कुनै) स्थिर रहन्छ।”
“कपाल पाल्दैमा विद्यार्थीले पढ्दैन, विद्यार्थी बिग्रन्छ भन्ने मनशाय जुन छ हाम्रो समाजमा त्यसको म एकदमै विरोधि हुँ। लन्डन, नर्वेतिरको विश्वविद्यालय जाऔँ त्यहाँ कत्तिका कपाल लामा हुन्छन्, कतिका दारी लामा हुन्छन। अब उनीहरुलाई त्यस्तो कपाल मनपर्छ, राख्छन्; त्यसले के असर गर्छ र उसको पढाइमा!? ऊ त झन खुसीसाथ आफ्नो पढाइ अघि बढाउन सक्छ। यसो सोचौँ न, के सारा विश्वविद्यालय टपर, गोल्ड मेडलिस्ट, नासाका वैज्ञानिकको टाउकोमा कपाल थिएन त अथवा के उनीहरुको कपाल लामो थिएन होला त? त्यसैले, कपाल पालेर, नपालेर पढाइमा कुनै पनि किसिमको वाधा अड्चन आउदैन। अब कतिले भन्लान, नुहाउन, स्याहार गर्नपर्दा पढ्ने समय बर्बाद हुन्छ! त्यस्तालाई मेरो एउटै मात्र प्रश्न छ कि: "के छोरीमान्छे कोही पनि पढ्दै पढ्दैन् त, के उनीहरुमा बौद्धिकता शुन्य छ त?" यसको जवाफ नि, 'त जान्दछस् धेरै' बाहेक केही आउला जस्तो मलाई लाग्दैन।"
“एउटा विद्यार्थीलाई कपाल पाल्न मन छ, के भयो त पालोस्। उसले पढेन, लेखेन भने पो कराउनु जायज हुन्छ त, अब कपाल लामो पार्यो अथवा कपाल ठडायो भनेर कराउनु चै वास्तवमै निकै नै अनुचित हुन्छ। त्यसले, विद्यार्थीमा पनि एक त, त्यो गाली गर्नेप्रति नेगेटिभिटी उब्जिन्छ अर्को त, उसको मनोविज्ञानमा पनि आघात पर्दछ। त्यसैले, विद्यार्थीको बाहिरको हाउभाउ भन्दा नि उसभित्रको बौद्धिक क्षमतालाई मध्यनजर राखेर उसलाई त्यही तवरले प्रोत्साहन गर्नुपर्छ। उसभित्रको पोटेनसियालिटीको कदर गरिनुपर्छ।"
"अब मैले यसो भन्दा तिमीहरु कसैको मनमा अब त्यसो भए त विद्यार्थीले जे गरेर हिडेँ नि भै'गयो नि, क्लासमा डेडलक हानेर आए नि भयो, कपाललाई डाँफेजस्तो रङ्गाएपनि भयो भन्ने किसिमको सोच आउला। अझ त कतिले के पनि सोच्लान भने ‘जन्म्या' नि नाङ्गै, मर्ने नि नाङ्गै के खान बीचमा चैँ लुगा लगाउनु!?’”
“सबै जना नाङ्गै हिडेँ नि हुन्थ्यो; तर समय त्यस विन्दुसम्म पुगिसकेको छैन। मैले अघि नै भने नि समय सापेक्षिक हुनुपर्छ भनेर; त्यसैगरी यस्ता कुरा पनि विस्तारै संशोधन हुदै जान्छन्। के थाहा समयको कुनै विन्दुमा हाम्रा भावी पुस्तालाई लुगा भन्ने पनि केही कुरा हुन्छ भन्ने थाहा हुदैन कि!?”
"अत: मैले यत्रो क्लास लिएर हामी रुलका लागी नभै’कन, रूल हाम्रा लागी हो भन्ने कुरा अर्थाएँ। तर म आफै भोलि क्लासमा डेडलक बनाएर आउन सक्दिन किनभने म त्यो समयको बिन्दुमा पुगिसकेको छैन, तसर्थ म अहिलेको समयलाई अङ्गाल्न बाध्य हुन्छु। तर यसो भन्दैमा सधै आफ्नो इच्छालाई दबाउनु चै हुन्न, आफूलाई समयानुसार बदल्न चैँ सक्नुपर्छ हैन भने अहिलेको बाइसौँ शताब्दी छेउछाउको मानव सभ्यता फेरि गएर बर्दिया र रुकुमको जङ्गलमा विसर्जन हुन्छ।"
टिङ् टिङ् टिङ् टिङ् टिङ्…!
सरको धाराप्रवाहले, "ल ल है त यस्तै हो, सबै मिल्छ एकदिन, पढ्न चैँ राम्रोसँग पढ्नुपर्छ तिमीहरुले", भन्दै विसर्जन लिन्छ।
म उठेर सबैभन्दा अघि दुई हात पिट्छु र सबै साथीहरु नि ताली पिट्छन्। सर हाँस्दै बाहिरिनुहुन्छ।
-आयाम
सञ्जीवनीहरु
एउटा लाम्चो क्यानभास
त्यसमा कोरिएको,
मेरो मातृभूमिको रुन्चे आकृति,
मेरो मातृभूमिको करुण रोदन,
अनि, मेरो मातृभूमिको निसार चिच्चाहट!
दृश्य एकमा म नियाल्दछु-
आजभोलिका उराठलाग्दा दिनहरु,
कहालीपुर्ण चर्किएका भाष्करका रश्मि,
शून्य अस्तित्व बोकेका मेरा छाया
र मरेतुल्य नरहरु!
सुनकोसीको क्रुर व्यग्रता,
भोटेकोसिको आडम्बरी थुनाइ,
डाँडा-पाखाका बजार ओर्लाई
र यी तथाकथित सर्वश्रेष्ठ मानवजातिको आर्तनाद!
गगनचुम्बी हिमचुचुराका आँसु,
शिर निहुराहिरहेका चोमोलुङ्मा र कन्चनजङ्घाहरु,
वेदनाजन्य ध्वनि निकालेर बगेका हिमनदीहरु,
अघोरी बनेका लेक र तालहरु!
डिपार्टमेन्टल महल बनेर उभिएका चारकोसे झाडी,
प्राण विहिन जङ्गल
प्यासी मुहान
र आना र दाममा चिरिएका जमिन।
दृश्य दुईमा म खोज्दछु-
बट्टामा सिमित कस्तुरी,
गुगल चित्रमा सिमित डाँफे र मुनाल,
क्यानडाको भिसा लागेका काँडेभ्याकुर,
दुर्ग खोज्दै हिडेका सारौँ र परेवा!
साउदीको रापिलो घाममा टटि्एका बलभद्र र अमरसिहंहरु,
रातका रानी बनेका भृकुटी र सीताहरु,
अमेरिकामा पाइप कस्दै गरेका पृथ्वीनारायण र जङ्गबहादुरहरु,
र दुतावास धाउदै गरेका कर्मठ नेपली युवाहरु!
क्यासिनोमा पत्ती फिट्दै गरेका भानुभक्तहरु,
कोठीका रिवन काट्दै गरेका देवकोटाहरु,
व्यभिचारी बनेका लेखनाथहरु
र ज्ञानशून्य समहरु!
उपेक्षित बन्दै गएका वेद र उपनिषदहरु,
मिथ्या भाषण बनेका गीता र रामायण्हरु,
निरर्थक बनेका प्रश्नोतर र मुनामदनहरु,
विना परिश्रम सृजिएझैँ श्रीमदभागवत
र छन्द भाचिएको मेरो साहित्य!
दृश्य तीनमा म नियाल्दछु-
भाचिएको सहनाई,
भ्वाङ परेका डम्फु,
खिया लागेका नौमतीबाजाहरु
अनि एकादेशका झैँ बासुरी र सारङ्गीहरु!
राष्ट्रिय धुनले पाकेका कान,
मङ्गलधुनले फाटेका जाली,
डिस्को धाएका नारायण गोपाल र तारादेवीहरु
र शरीर मात्र उत्तेजित पार्ने बेसुरा सङ्गीतहरु!
दिनानुदिन प्यारा बन्दै गएका क्याप्सुल र ट्याब्लेट,
विदेश भ्रमणमा पठाइएका यार्सा र चिराइतो,
कुहिएका पाँचऔले र सर्पगन्धा,
सखाप भएका ती सञ्जिवनीहरु!
बुट्टा कुँदिएको अग्राख,
'बेड' भनेर चिनिएको उत्तीस,
विराजमानका साधन बनेका साल र पयूँ,
र यही क्यानभास अडाइएको हाड्बेल र वयर!
नापो छोटिएका घाँघरहरु,
सङ्ग्राहलयमा सजाइएका गुन्यू-चोलीहरु,
घर पुस्ने टाला भएका दौरा-सुरुवालहरु
र लत्याइएका परम्परागत पोसाकहरु!
दृश्य चारमा म खोजिरहेछु-
पूर्खाको रगतको मुल्य,
समग्र स्वार्थविहिनता,
राष्ट्रघातीको उठिबास
र मुर्झाएको देशभक्तिमा
सञ्जिवनीको सञ्चार !
-आयाम
(मिती २०७१/०५/०७मा जया मल्टिपल क्याम्पसद्वारा १४९औँ मोती जयन्तीका अवसरमा आयोजित उपत्यकाव्यापी उच्च माध्यमिक विद्यालयस्तरीय कविता वाचन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता)

धमिलो कर्णाली
नेपाल दुख्यो, भूमि काँप्यो
आर्तनाद पोखियो
खै, खै मेरो अस्तित्व??
खै मेरो सार्थकता??
खै मेरो स्वाधीनता??
अनि आँखाबाट कर्णाली बगायो, त्यो पनि धमिलो…
झसङ्ग भई सत्तेजुगका प्रल्हादले माटो नियाले
देख्छन्-
बन्दुकको नालले गरेको राजनीति
खसीको टाउको देखाई बेचिएका कुकुरका मासु
पानी नबगेको बागमती
स्वार्थी सोच र ध्रुत दिमागले रुमलिएको मुलुक
औँलोले डोराइएका तराईबासी
एकसरो भाङ्ग्रो नपाएर कठ्याङ्ग्रिएका शेर्पा दाजु
एक किलो गोलभेडा किन्न सुनारका धाउने तल्लारे काका
‘जीवनजल’ नपाएर मर्न बाध्ये जाजरकोटका बन्धु
राष्ट्रघातीलाई बिछ्याइएको रातो कार्पेट
कखरा मात्र जान्ने संविधानविद्
दाजु मार्ने हत्यारा कानुनविद्
आफ्नै छोरीको घाँघर च्यातिदिने साधुसन्त
बाउआमालाई पञ्चदेवल रोज्ने सुपुत्र
चार बीस नाघेकी आमैलाई मलमुत्र चटाउने धर्मरक्षक
अनाथलाई चिसो पेटीमा पल्टाउने समाजसेवी
झोलामा बोकिएका मर्स्याङ्दी र कुलेखानी
मुद्रामा गनिएका डाँफे मुनाल
मानव छाला ढाक्ने बाघ र चितुवा
वजन रहित हात्ति र गैँडा
र सभ्यता बिर्सेको मानव!
द्रविभूत भई प्रल्हादले त्रेताका रामलाई पुकारे
राम धनुष लिएर उदाए अनि,
नियाले उही बिसङ्गतीले जेलिएको नेपाल
देख्छन्-
जलले भरिएको देशमा छाएको लोडसेडिङ्
अपार्ट्मेन्ट भई ठडिएका हरिया वन-जङ्गल
दिनहुँ खाने पोषिलो सागपात फुट्पाथको धुलोमा
अनि खुट्टामा लाउने जुत्ता ए.सि. जडित कोठामा
ए.बी.सि. डी. मात्र रट्ने राजदूत
करोड खर्चेर नामका अघि लेखिएका डाक्टर
बाह्र पढाउने मात्र एघार पास
दराजमा चार् पुस्तक सजाई बनेको साहित्यकार
स्वैरकल्पना बनेको कपोलकल्पना
छन्द भाच्ने प्रखर छन्दकवि
‘पानीमाथिको ओभानो’ भई लेखिएका आत्मकथा
छायानुवादका नाममा सारिएका रचना
बुद्धभन्दा उपल्लोकोटिमा रहेक दुर्बुद्धहरु
सुकिलामुकिलाका सवारीमा लखेटिएका सडकबालक
बैठकका लागि चुनिएका पाँचतारे
साउदीमा मरूभूमि भिजाउने नेपाली जनता
सररर… नेता बुलेटप्रुफमा
स्वावलम्बिपनको खोल ओडी धाइएका मन्त्री क्वार्टर
पाँचहजारे पत्रकारको बढदो सङ्ख्या
गरीबी हटाउन मारिएका गरीब
र मूकदर्शक बनेको सरकार!
भावविह्वल भई रामले कृष्णलाई पुकारे
द्वापरका कृष्ण त्रसित नेपाल हेर्दा भए
देख्छन्-
सारेगमले चर्किएका कान
बाँसुरीले नजितेको मन
रोदी र दोहोरीले गएका इज्जत
देउडा र राष्ट्रिय गानले अघाएका कण्ठ
पैसाका नाममा लगाइएका सप्ताह र नवाह
मासुभातमा रुपान्तरित चन्दा
गुम्बाले नदेखेको मस्जिद
पशुपतिनाथले नदेखेको गिर्जाघर
धमिरो लागेर मक्किएका गुन्यूचोली
सन्दुसमा थन्किएका दौर-सुरुवाल
फोहोर उठाउने ट्रकमा कोचिएका हाकुपटासी
मलखाल्डोमा भेटिएका घलेक
वनमानुष भनि चिनाइएका राउटे
अमानव ठानिएका चेपाङ्ग
पीछडिन बाध्य जनजाती
दलित भनि बाँधिएको कुवा पँधेरो
सर्वहाराको खेदो गर्ने मार्क्सवादी
क्रान्तिको नाममा मुसिएका अबोध लाश
विदेशीका लागि चम्काइएका नेपाली सडक
र सिद्धान्त बेचिएको राजनीति!
उठ् आयाम उठ् …
उठ्!
एकैस्वरमा कराए प्रल्हाद, राम अनि कृष्ण
आत्मसात् गर्…
बुद्धको शान्त आत्मा
क्राइस्टको महानता
मोहम्मदको निष्ठा
अनि विवश कर्णको दानवीरता !
-आयाम
(मिती २०७१/८/१९मा ट्रीनिटी इन्टरनेस्नल कलेज, डिल्लीबजार, काठमाडौँद्वारा आयोजित चौथौँ ट्रीनिटी अन्तर-कलेज कविता प्रतियोगिता (नेपाली)मा तेस्रो स्थान प्राप्त गर्न सफल कविता)

भ्रष्टाचारी दुबो
बेजोडले गड्गडाउँछ
खोलो गर्जेर बग्छ
हजारौँ टरबाइन घुमाउने
शक्ति भिरी आउँछ
तर…
टरबाइन झोलामा बोकिन्छन्
र,
शक्ति गएर गाउँमा पोखिन्छन्!
एक साता पछी,
ताल बनेको गाउँमाथी
हेलिकप्टर भट्भटाउँछ
सजीव लासले
गिज्याउँछ
निर्जीव लासले पनि गिज्याउँछ
र तीन पाउण्ड पाउरोटी फाल्छ
भोलिपल्टको खबरले भन्छ-बाढीपिडितलाई तीन करोडको राहत वितरण!
अघिल्लोदिन चिल्ला रोड देखिन्छन्
भोलिपल्ट,गाडीको चक्काले अड्डा हिँडेको कथित राष्ट्रसेवकको प्यान्टमा
बाटोको हिलो लिपिदिन्छ
सराप्छ…
मज्जैले सराप्छ…
र देख्छ बाटो छेउछाउका सुकिलामुकिलाका अलकत्रे महल!
दुई व्यक्तिदुई व्रिफकेशचार डिब्बा
निर्धक्क हाँसोका साथ साटिन्छन्
भोलिपल्टको पत्रिकाले छाप्छ-फलानो निकुञ्जमा चार गैँडा मृत भेटिए!
पोल्छ…
चर्किन्छ…
अनि देशभक्ति अल्लालिँदै आह्वान गर्छ-
झुन्डाइदे ती झोले
डोजर लगाइदे ती अलकत्रे महल
गिँड्दे ती टेबलमुनिका हात
र तेजाब छर्किदे यो मौलाएकोभ्रष्टाचारी दुबो माथि !

प्रस्तावना
म एउटा खोक्रो पाना
ममा छन् अनगिन्ती सपना
मसँग छन् अपार शब्द
तर,
म आफैँ कोरिन सक्दिनँ
म आफै केही बोल्न सक्दिनँ
किनकि म देख्दछु-
‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध
सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका अघि लत्राइएका नतमस्तक माथ
जन सभामा धर्म निरपेक्ष बनी
गुम्बा, मस्जिद; चर्च, पशुपतिनाथ जुधाइदिने दैत्य
आङ सान सु चीको तारिफ गरी
आफ्नी छोरिको मार्क्सवादका किताब च्यात्ने राजनैतिक पिशाच
हेलेन र पद्मिनीका पदचाप बुझेसरी
रत्नपार्ककी भिखारी अन्धी माथि गाडिएका योन लिप्सा
दिव्योपदेश कोरिएको भित्तामै अडेस लगाई गरिने भ्रष्टाचार
मिथ्या भाषण भै खेर गएका स्वतन्त्रतासँग साटिएका टाउका
मपाईँत्व छाट्ने पाखण्डी नेता
सत्याग्रहका रिवन काट्ने पूर्वाग्रही
महलमा बसी बनाइएका झुपडी-पिडाका टिपोट
जल बिद्युत् आयोजना हात पार्न लम्कने सुट्केसधारी
सेता नम्बर प्लेटमा गुडेका परिवारजन र इष्टमित्र
गरिबी हटाउन बलिवेदीमा चढाइएका गरिब
सिलिन्डरका अभावले कक्रिएका पेट
दौरा सुरुवाल पहिरिई कथित देशभक्त बनेका सिंहासनका दानव
माघको ठन्डीमा आङ बेर्न नपाएको सडक बालक
कालो पालिस दली चम्काइएका सडक
दुतावास धाएका कर्मठ युवा
र सिद्धान्त मात्रैले अघाएको राजनीति!
तर,
तर साच्चै म चाहन्छु
मेरा यी श्वेत पानामा
‘बसुधैव कुटुम्बकम्’ प्रस्तावनामा कोरियून्
‘परोपकार पुण्याय’ हर धारामा जन्मियून्
‘सेवा ही परमो धर्म’ का उपधारा भेटियून्
टेकुको बकैनामा झुन्डाइएका मेरा चाहना साकार होऊन्
मेरो काधमा कुर्सी हैन देश विकासको कार्यभार बजारियोस्
मलाई मुड्कीले हैन प्रतिबद्धताले हिर्काइयोस्!
-आयाम
(मिती २०७१/११/९मा Ace Higher Secondary Schoolद्वारा आयोजित 'Kaleidoscope 2015- Ace International Festival' अन्तर्गत उपत्यकाव्यापी उच्च माध्यमिक विद्यालयस्तरीय कविता वाचन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता)

संरक्षणका संवाहक युवा
म तापिएँ
बाफिएँ
खुम्चिएँ
अग्लिएँ
पग्लिएँ
छचल्किएँ
अनि बगेँ…
कैयौँ वर्षपछि आज
मानिस मेरो शिरारोहणको अभिलाशा बोकी आउँछ
र फोहोरको डङ्गुर बिसाइ
सफलता चुमेसरि बाहिरिन्छ
हे अर्धचेत युवा,
तिम्ले त्यस दिन सफलता चुम्नेछौ
जुन दिन म बग्ने बाग्मती
तिमी निसङ्कोच घटघटी पिउन सक्ने हुनेछौ!
मेरो भीमकाय पथदुई बित्ते खहरे बन्यो
र त्यसैमा पनि कथित सभ्य मानिसका मलमूत्र घोलिए!
देख्छु-वर्षौँ अघिको उर्वराभूमि आज
घरमुनि दबिएको छर अझै मानवजाति आधुनिकताको नारा चर्काउँदै छ!
धिक्कार लाग्छ-बुट्टे ढोकामा रोएको कस्तुरी
अनि सहरीकरण नभएकाले मात्र बँचेका वनस्पति र जमिन!
म आक्रान्त भई बाँकी जडिबुटी सिंचाइ गर्न हुत्तिन्छु
तर जब त्यस सञ्जीवनीका वरिपरि
गैरदेशीको चक्कु र ब्रिफकेश देख्छु
तब मन अल्लालेर आह्वान गर्छ-
हे संरक्षणका संवाहक युवा
हे भाष्करका तप्त प्रादूर्भाव
हे सूर्य प्रसाद
रोज अब काष्ठ उद्यौगको विकल्प
हरित अस्त्रले सजाउ कलकारखाना
नसजियोस् भित्तामा बाघाम्बर र मृगचर्म
चिराइतोहरुले लोभ्याउन् जडिबुटीको केन्द्र
नठडियोस् प्रकृतिदोहनबाट कृत्रिम निवास
प्रकृतिमैत्री होस् आधुनिकीकरणको आभास
एक नविन आयाम: श्यामल कायापलट
किनकी शास्त्र बोल्दछ-
योवनो शक्तिवाहक:
-आयाम
(मिती २०७१/११/४मा WWF Nepal, The Generation Green Campaignको सहयोगमा LEED Group, Nepalद्वारा आयोजित उपत्यकाव्यापी अन्तर-कलेज कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल कविता)
अँ साँची
अँ साँची, अब कर्णाली नबग्ने अरे,
मर्स्याङ्दी नसुसाउने अरे,
भोटेकोसी सन्यास लिने अरे,
अनि त्रिशुली सुख्ने अरे!
अँ साँची, अब सगरमाथा शिर निहुराउँछ अरे,
कन्चनजंघा पग्लिदिन्छ अरे,
मकालु र मनास्लु एकादेशका भइदिने अरे,
अनि साइपल र जुगल भासिदिने अरे!
अँ साँची, हिमाली डाफे आफुलाई कालो देख्नचाहन्छ अरे,
लेकको मुनाल डुबी’दिन्छु भन्छ अरे,
बेसीको कालिज आत्महत्या गरिदिन्छ अरे,
अनि पहाडको काडे-भ्याकुर सरुवा गर्छ अरे!
अँ साँची, गोर्खालीले खुकुरी लुकाइदिन्छन अरे,
राजा, महाराजा विदेश पलायन भइदिन्छन अरे,
नेता सबै पन्चदेवल गई दिन्छन अरे,
अनि सुकुम्बासी सबै पासो लाइ’दिन्छन अरे!
अँ साँची, खाली डाँडा सबै डिपार्ट्मेन्टल स्टोरबन्छन अरे,
पाखा पखेरा सबै हाउजिङ बनाउँछन अरे,
पानीका मुहान सबै प्यासी छन अरे,
अनि खाली जग्गा सबै विशाल बिल्डिङ बन्छनअरे!
अँ साँची, कर्मचारी सबै अनशन बसिदिन्छनअरे,
जागिरे सबै घर बसिदिन्छन अरे,
सेना सबै गाउँतिर लाग्छन अरे,
खुकुरी सबै खैरा रगंले पोतिन्छन अरे!
खै, यस्तै सुनिन्छ बजारमा; बकवास् हो भन्छनसबै अरे,
खै यस्तै देखिन्छ यहाँ; सबै दृष्टिभ्रम हो भन्छनअरे,
ज्या! नेपाल त खै कसले पो हो चुँडेर लगिदिन्छअरे,
पत्ता-पत्ता भइ सबै झर्छन निस्पट्ट झैँ भुइँमा अरे!

Subscribe to:
Posts (Atom)