Wednesday, June 22, 2016

अनुत्तरित प्रश्न

        "कामवासना भनेको के हो?", एउटा विद्यार्थीले मास्टरलाई प्रश्न गर्‍यो। मास्टरको ओठमा जवाफ त आयो तर विद्यार्थीको कलिलो अनुहार देखेर  उसले 'कामवासना' को  उत्तर दिन सकेन।   ऊ विवस थियो।  उसले कसरी बुझाओस त्यो ५ कक्षाको कलिलो विद्यार्थीलाई 'कामवासना' को अर्थ। वास्तवमै, गुरु दोसाधँमा परेका थिए। एकातिर त्यो बच्चाको कलिलो  उमेर अर्कातिर  उसको छिप्पेको प्रश्न। 'नखाउ भने दिनभरिको शिकार; खाउ भने कान्छा बाउको अनुहार' भने जस्तै भयो  उसलाई।  उत्तर दिउ भने के भनेर दिऊँ,  उत्तर नदिऊँ भने कसरि नदिऊँ।   ऊ बढो माखेसाङ्लोमा पर्‍यो।      
विद्यार्थीको प्रश्न सुनेर उस्को अनुहार रातो भयो। यहाँसम्म  उसको होस हरायो कि  उसले विद्यार्थीलाई ५ मिनेटसम्म 'बस' भन्न सकेन। ओठ निचोरे दुध आउला जस्तो बालकको यस्तो योनमनोविज्ञानको प्रश्नको जवाफ दिने   उसले तरिका नै भेटेन। धन्न! घण्टी बज्यो त्यही समयमा।   उसलाई त ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भयो। उसले विद्यार्थीलाई तिम्रो प्रश्नको उत्तर भोलि दिउला भनेर मलिनो मुख लगाएर कक्षाबाट बाहिरियो।
ऊ अफिसकोठा पुग्नेबेलासम्म उस्को मनमा यति धेरै विचारका धाराप्रवाह भयो कि कुरै नगरौँ । उसले विभिन्न खालका सम्भाविय र असम्भाविय कुराहरु मनमा खेलायो। विद्यार्थीले के सोच्यो होला, 'यति जाबो एउटा शब्दको अर्थ दिन पनि सकेन, कस्तो मास्टर हो त्यो?' भन्ने विद्यार्थीको मस्तिष्कमा खेलेको विचारसम्म कल्पना गर्‍यो। तर त्यो विद्यार्थीलाई के थाहा उस्को प्रश्नको जवाफ बुझ्न उसलाई अझ कति वर्ष लाग्दछ?
        ऊ अफिसकोठमा निन्याउरो अनुहार लिएर पस्यो र १०४ डिग्री ज्वरोले सताएको जस्तो गरि मेचमा गाह्रो गरि बस्यो।  उसको त्यतिबेलाको समय Leisure Period थियो।  उसको मनमा विभिन्न तवरका कुराले ठाउ ओगट्यो। ऊ निकै भावविह्वल भयो।  उसले अब त्यो कक्षामा फेरि गएर के भन्ने, त्यो विद्यार्थीलाई 'कामवासना' को बारेमा सबै कुरा भन्दिने कि; त्यो विद्यार्थीको सवाल गलत छ भनेर प्रष्ट्याउने। ऊ 'कामवासना' को बारेमा विद्यार्थीलाई बुझाउँदा त्यो भन्दा अघि आउने थप शब्दहरुको अर्थ कसरी बुझाउने भन्ने सोच्न थाल्यो; या त, त्यो शब्द गलत हो भनेर भन्दा विद्यार्थीले त्यो शब्द कुनै पत्र व पुस्तकम लेखिएको देखायो भने के जवाफ् दिने ? या त, आफैँलाई 'थाहाछैन'  उत्तर भनेर आफ्नो स्तर घटाउने? वास्तवमै, त्यो गुरु एकदमै दोधारमा पर्‍यो, ऊ निकै ठुलो समस्याले घेरियो।  ऊसले निकै टाढासम्मको कुरा सोच्यो।
त्यो विद्यार्थीलाई मैले  ऊत्तर बुझाऊन नसकेको खण्डमा त्यो विद्यार्थीले 'Headmaster' लाई गएर मैले   उत्तर नदिएको कुरा भन्यो भने मैले 'Headmaster' लाई के जवाफ दिने? एक मनले त झोक्किएर 'तपाईँ आफैँ उत्तर के हो बताइदिनुहोस न त सर' भन्दिन्छु जस्तो पनि लाग्यो। फेरि 'नुनको सोझो' नि त गर्नुपर्‍यो, त्यसमाथि पनि मसँग कहाँ छ र तेत्रो आँट 'Headmaster' ससँग त्यसरी बोल्न। फेरि   उसको त्यो बिद्यार्थिलाई   उत्तर दिनु त उसको कर्तव्य नै हो नि;   ऊ अकर्मण्य बन्नु पनि त भएन नि। यस्तै विभिन्न खालका सम्भाविय र असम्भाविय कुराहरु मनमा खेलाउँदा खेलाउँदै 'Leisure Period' को घण्टी बज्यो।
        ऊ अब अर्को कक्षामा जान पनि अनकनायो, कतै फेरि त्यस्तै प्रश्न त आउने हैन?   ऊ एकदमै हीनभावनाले भरिएर अर्को कक्षातर्फको बाटो समायो,   उही भयभित र निन्याउरो अनुहार लिएर...
-आयाम

No comments:

Post a Comment