Wednesday, June 22, 2016

संरक्षणका संवाहक युवा

म एउटा सूर्यको टुक्रा
म तापिएँ
बाफिएँ
खुम्चिएँ
अग्लिएँ
पग्लिएँ
छचल्किएँ
अनि बगेँ…
कैयौँ वर्षपछि आज
मानिस मेरो शिरारोहणको अभिलाशा बोकी आउँछ
र फोहोरको डङ्गुर बिसाइ
सफलता चुमेसरि बाहिरिन्छ
हे अर्धचेत युवा,
तिम्ले त्यस दिन सफलता चुम्नेछौ
जुन दिन म बग्ने बाग्मती
तिमी निसङ्कोच घटघटी पिउन सक्ने हुनेछौ!
मेरो भीमकाय पथदुई बित्ते खहरे बन्यो
र त्यसैमा पनि कथित सभ्य मानिसका मलमूत्र घोलिए!
देख्छु-वर्षौँ अघिको उर्वराभूमि आज
घरमुनि दबिएको छर अझै मानवजाति आधुनिकताको नारा चर्काउँदै छ!
धिक्कार लाग्छ-बुट्टे ढोकामा रोएको कस्तुरी
अनि सहरीकरण नभएकाले मात्र बँचेका वनस्पति र जमिन!
म आक्रान्त भई बाँकी जडिबुटी सिंचाइ गर्न हुत्तिन्छु
तर जब त्यस सञ्जीवनीका वरिपरि
गैरदेशीको चक्कु र ब्रिफकेश देख्छु
तब मन अल्लालेर आह्वान गर्छ-
हे संरक्षणका संवाहक युवा
हे भाष्करका तप्त प्रादूर्भाव
हे सूर्य प्रसाद
रोज अब काष्ठ उद्यौगको विकल्प
हरित अस्त्रले सजाउ कलकारखाना
नसजियोस् भित्तामा बाघाम्बर र मृगचर्म
चिराइतोहरुले लोभ्याउन् जडिबुटीको केन्द्र
नठडियोस् प्रकृतिदोहनबाट कृत्रिम निवास
प्रकृतिमैत्री होस् आधुनिकीकरणको आभास
एक नविन आयाम: श्यामल कायापलट
किनकी शास्त्र बोल्दछ-
योवनो शक्तिवाहक:
-आयाम
(मिती २०७१/११/४मा WWF Nepal, The Generation Green Campaignको सहयोगमा LEED Group, Nepalद्वारा आयोजित उपत्यकाव्यापी अन्तर-कलेज कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल कविता)

No comments:

Post a Comment