खोलो गर्जेर बग्छ
हजारौँ टरबाइन घुमाउने
शक्ति भिरी आउँछ
तर…
टरबाइन झोलामा बोकिन्छन्
र,
शक्ति गएर गाउँमा पोखिन्छन्!
एक साता पछी,
ताल बनेको गाउँमाथी
हेलिकप्टर भट्भटाउँछ
सजीव लासले
गिज्याउँछ
निर्जीव लासले पनि गिज्याउँछ
र तीन पाउण्ड पाउरोटी फाल्छ
भोलिपल्टको खबरले भन्छ-बाढीपिडितलाई तीन करोडको राहत वितरण!
अघिल्लोदिन चिल्ला रोड देखिन्छन्
भोलिपल्ट,गाडीको चक्काले अड्डा हिँडेको कथित राष्ट्रसेवकको प्यान्टमा
बाटोको हिलो लिपिदिन्छ
सराप्छ…
मज्जैले सराप्छ…
र देख्छ बाटो छेउछाउका सुकिलामुकिलाका अलकत्रे महल!
दुई व्यक्तिदुई व्रिफकेशचार डिब्बा
निर्धक्क हाँसोका साथ साटिन्छन्
भोलिपल्टको पत्रिकाले छाप्छ-फलानो निकुञ्जमा चार गैँडा मृत भेटिए!
पोल्छ…
चर्किन्छ…
अनि देशभक्ति अल्लालिँदै आह्वान गर्छ-
झुन्डाइदे ती झोले
डोजर लगाइदे ती अलकत्रे महल
गिँड्दे ती टेबलमुनिका हात
र तेजाब छर्किदे यो मौलाएकोभ्रष्टाचारी दुबो माथि !
-आयाम
No comments:
Post a Comment